काठमाडौं– गीतकार टेक तामाङको गीति एल्बम ‘नाता’ सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौं स्थित नेपाल पुलिस क्लबमा एक कार्यक्रमको आयोजना गरी एल्बम सार्वजनिक गरिएको हो।
तामाङको एकल लेखनमा तयार एल्बममा ८ वटा गीत समावेश छन्। एल्बममा लोकप्रिय गायिका अन्जु पन्त र मेलिना राईले २/२ वटा गीतमा स्वर दिएका छन्।
अन्यमा गीतमा संगीता राना प्रधान, दीपा लामा, जिना रसाइली र ओंङ्मु लामा शेर्पाको स्वर सुन्न सकिन्छ।
एल्बममा अर्जुन पोखरेल, किशोर खतिवडा, कन्काइस्ट राई, पावल चाम्लिङ र बुद्ध स्याङबाको संगीत रहेकाे छ।
वरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एल्बमका दुई म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।
जसमा अन्जु पन्तको स्वर तथा पन्तकै अभिनय रहेको 'तिमीलाई माया गर्छु' बोलको गीत र मेलिना राईको स्वरमा रहेको ‘नजिक यति’ बोलको भिडियो प्रदर्शन गरिएको हो।
गायिका अन्जु पन्तको अभिनय रहेको गीतको भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।