बेझाड– तिनाउ गाउँपालिका– २ कुुसुमडाँडामा आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लु२ख ११९४ नं को टिपर अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खोलामा खस्दा रुपन्देही मधौलीया घर भएका चालक ३१ वर्षीय महादेव चौधरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चौधरीको शव परीक्षणका लागि लुम्बिनी अस्पताल बुटवल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।