भादगाउँ– सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
मंसिर २५ गते डर त्रास देखाइ जबरजस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम गर्ने बागलुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।
उनलाई जबरजस्ती करणी मुद्दामा अदालतमा पेस गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।