जनकपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले समृद्ध देश निर्माणका लागि उत्पादनमुलक उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
धनुषाधाम उद्योग वाणिज्य संघको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले युवाहरुको ठूलो हिस्सा रोजगारीको लागि विदेश पलायन भइरहेकोले सो समूहलाई समेत लक्षित गरी आफ्नै मूलुकमा रोजगारीको अवसर सृजना गरेर रोक्न सकेमात्र मुलुक समृद्धिको दिशातर्फ अग्रसर हुने बताए।
उनले त्यसका लागि व्यवसायीले रोजगारीको निम्ति विभिन्न कल कारखाना स्थापना गर्नका लागि आग्रह गरे।
उनले भने,‘स्थानीय स्तरमा पनि उत्पादनमुलक व्यवसाय तथा उद्योगहरु सञ्चालनमा ल्याउन आग्रह गर्दछु।’
उनले बन्द भएका उद्योग सञ्चालनका लागि सरकारले पहल गरिरहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।