• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

विमानस्थलबाट किन गायब गराइयो एयर एसियाले दिएका ७ करोड २४ लाखका चेक?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  १८:२०
1140x725

काठमाडौं– मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाको नेपाल प्रतिनिधिमा हरिमान लामाको इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल प्रालि थियो। उनै लामाको  ट्राभलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई लामो समयदेखि विमानस्थल बक्यौता रकम तिरेन। 

तर उनले विमानस्थल प्रशासनसँग मिलेर करोडौं रुपैयाँका चेक गायब मात्र गरेनन्, कतिपय चेकहरु बाउन्स समेत गरेको खबर बिहिबार सार्वजनिक भयो।  

नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले भन्यो, ‘पैसाको हिसाबकिताब रेकर्डमा छ, तर खातामा छैन। १० वटा चेक नै गायब पारिएको रहेछ। र, १२ पटकसम्म चेक बाउन्स गरिएको रहेछ।’

चेकहरु गायब तथा बाउन्स भएका बेला विमानस्थल कार्यालयको अगुवाइ देवानन्द उपाध्यायले गर्थे। 

एयर एसियाको नेपाल प्रतिनिधि बनेको लामाको कम्पनीले साँवा र जरिवानासहित झन्डै ४० करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको सूचना अघिल्लो वर्ष नै बाहिर आएको थियो। त्यसलगतै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कार्यालयलाई एयर एसियाको बक्यौता असुलीका विषयमा तोकता गर्न थाल्यो।

प्राधिकरणको ताकेतापछि कार्यालयले रकम असुली गर्न भन्दै एयर एसियाको नेपाल प्रतिनिधिसँग वार्ता थाले। तर, एयर एसियाका नेपाल प्रतिनिधि हरिमान लामाले प्रतिबद्धताअनुसार रकम तिरेनन्। लामा सम्पर्क बाहिर रहे। 

त्यही बीचमा विमानस्थल कार्यालयले रकम असुली गर्न नसकेपछि प्राधिकरणले देवानन्दलाई विमानस्थल कार्यालयबाट मुख्यालय, बबरमहल तान्यो। देवानन्दलाई मुख्यालयमा तानेपछि प्राधिकरणले विमानस्थल कार्यालय प्रमुखमा राजकुमार क्षेत्रीलाई पठायो।

राजकुमार क्षेत्रीको अगुवाइमा प्राधिकरणले एयर एसियाका नेपाल प्रतिनिधि लामालाई छोडेर सिधै एयर एसियाको मुख्यालय मलेसियासँग सम्पर्क गर्‍यो। एयर एसियाको मुख्यालयले प्राधिकरण र विमानस्थल कार्यालयले भने अनुसार नेपालबाट उडान बन्द गर्नु पूर्व साँवा २७  करोड रुपैयाँ चुक्ता गर्‍यो। साँवा रकम चुक्ता गर्दै एयर एसियाले जरिवाना शुल्क भने मिनाहा माग्यो। तर, प्राधिकरणले मिनाहा नहुने जवाफ पठायो।

Ncell 2
Ncell 2

त्यसलगतै एयर एसियाले असोज २७ गतेपछि नेपालमा उडान बन्द गर्ने निर्णय गर्‍यो। तर, विमानस्थल कार्यालयले असोज २७ गते नै एयर एसियाका उडानमा रोक लगायो। लगतै मलेसियन दूतावासले रकम असुलीमा सहयोग गर्ने प्रतिबद्धता गरेपछि एयर एसियाको जहाज काठमाडौंबाट मलेसिया उडेको थियो। 

एयर एसियाले तिरेको रकम र बाँकी रहेको बक्यौता रकमका विषयमा प्राधिकरणले छानबिन थाल्यो। कार्यालयसँग सबै विवरण मागेर हिसाब  हेर्दै जाँदा एयर एसियाले तिरेको साँवा २७ करोड रकम बाहेक पनि विमानस्थल कार्यालयलाई इन्सेन्टिभ ट्राभलका नाममा आएका १० वटा चेकमा उपलब्ध गराइएको भनिएको रकम देखिएन। हिसाबमा ७ करोड २४ लाख रुपैयाँ देखिएपनि खातामा रकम नदेखिएपछि प्राधिकरणले छानबिन थालेको हो।

‘ट्राभल कम्पनीले चेक दिएको छ, विमानस्थलका कर्मचारीले चेक बुझेको छन्’ प्राधिकरण स्रोतले भन्यो, ‘तर, चेक बैंक डिपोजिट भएको छैन।’ 

'चेक हराएका विषयमा अहिले छानबिन सुरु भएको छ। छानबिनले सत्यतथ्य बाहिर ल्याउला’ प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले भने, ‘छानबिनको प्रक्रिया अघि बढाइएको छ।’

प्राधिकरणले छानबिनमा सहयोग गर्न नेपाल राष्ट्र बैंक, अपराध महाशाखा टेकु, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा समेत उजुरी गरिेसकेको छ। त्यति मात्रै हैन, विमानस्थल कार्यालयले पेनाल्टी रकमको डेबिट नगदसमेत जारी गरेको छैन। अहिले यो रकमका विषयमा एयर एसियाले पहिले नै आफूहरूलाई किन जानकारी नगराएको भन्दै उक्त रकम नतिर्ने भनिरहेको छ। तर प्राधिकरणले हरिमान लामाको कम्पनीबाट सो रकम असुली गर्ने गरी अनुसन्धान थालेको छ। 

हरिमान लामा र उपाध्यायको मिलेमतोका साथै प्रभु बैंकको समेत सहयोगमा चेक बाउन्स गर्ने र गायब पार्ने खेल भएको विमानस्थल कार्यालय स्रोतको दाबी छ। ‘हरिमान लामाको कम्पनीले प्रभु बैंकमा चेक दिँदै रकम डिपोजिट भएको भौचर विमानस्थल  कार्यालयलाई बुझाउने गरेको रहेछ’ स्रोतले भन्यो। 

लामाले विमानस्थल कार्यालयका नाममा उपलब्ध गराएका चेकमा रकम नभएपछि बैंकले लामाकै कम्पनीलाई चेक फिर्ता गरिदिने गरेको र वार्षिक एक अर्बभन्दा बढी कारोबार गर्ने प्राधिकरणलाई सूचना नदिने गरेको स्रोतको दाबी छ। प्रभु बैंकबाट १२ पटकसम्म चेक बाउन्स भएको छ तर प्राधिकरणलाई कुनै सूचना दिइएको छैन। 

‘यी सबै विषयमा अहिले छानबिन भइरको छ’ प्राधिकरणका महानिर्देशक गौतमले भने, ‘छानबिनपछि दोषी पाइएका सबै कर्मचारीलाई हदैसम्म कारबाही हुन्छ।’

यो पनि पढ्नुहोस्ः विमानस्थलका पूर्व प्रमुख देवानन्द र व्यवसायी हरिमानको मिलेमतोमा १० वटा चेक गायब

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज पनि बढ्यो सुनको मूल्य
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
सम्बन्धित सामग्री
प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत... शनिबार, साउन ३१, २०८२
एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन नारायणहिटी दरबार संग्रहालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे... बिहीबार, साउन २९, २०८२
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार... सोमबार, साउन १९, २०८२
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल बुधबार, असोज २९, २०८२
विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै बुधबार, असोज २९, २०८२
जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै फेला परेनन् बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए ११ दललाई बुधबार, असोज २९, २०८२
विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्