काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।