काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ गरेका छ।
सेवाग्राहीसँग कम्पनीमा कायम रहन आएका सेयरधनीहरूको सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने भन्दै ७ हजार घुस लिएको अभियोगमा उनी पक्राउ परेका हुन्।
कम्प्युटर अपरेटर पूर्णचन्द आत्रेयले सेवाग्राहीसँग् घुस मागेको अख्तियाले जनाएको छ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आत्रेयलाई घुससहित पक्राउ गरेको हो।
त्यसैगरी बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि अख्तियारले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।