काठमाडाैं– सरकारी वकिलहरूको दोस्राे राष्ट्रिय सम्मेलन आगामी पुस ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो।
पुस ८ गते राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको राष्ट्रिय सभागृहमा सो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महान्याधिवक्ता अग्नीप्रसाद खरेलले बताए।
३ दिनसम्म चल्ने सम्मेलनको समापन उपराष्ट्रपति नन्दबहादुुर पुनले पुस १० गते गर्ने छन्। सम्मेलनमा नयाँ मुलुकी ऐनको प्रभावकारी कार्यान्वयनका लागि साझा अवधारणा तय गर्ने उद्देश्य रहेको छ।
यही उद्देश्यमा केन्द्रित भएर सम्मेलनमा छलफल हुने पनि महान्यायाधिवक्ता खरेलले बताए।
सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सह–महान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकिलहरू सहभागी हुनेछन।
‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजनः अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो।
सम्मेलनमा ८० जनाभन्दा बढी प्रतिनिधि पर्यवेक्षकको रुपमा सहभागी हुने पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।