काठमाडौं– चाबहिल र नागढुंगाबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चाबहिलस्थित ओम अस्पताल अगाडि सडक किनाराबाट सिन्धुली दुधौली नगरपालिका–९ का २१ वर्षीय अमन नायकलाई नियन्त्रित लागुऔषध डाइजेपाम ३५ एम्पुल, बुप्रेनोर्फिन ३५ एम्पुल र फेनागरन ३५ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो।
यसैगरी नागढुंगाबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका–१२ बस्ने बिष्णु पाललाई नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ८० थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट काठमाडौंतर्फ आउदै गरेको ना ५ च ६१२२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।