काठमाडौ– मेलम्ची नगरपालिकाको वडा नम्वर १० को वडा कार्यालय निर्माणका दलागि स्थानीय व्यक्तिहरुले जग्गादान दिएपछि चार कोठे पक्की भवन निर्माण भएको छ। मेलम्ची नगरपालिकाले २० लाखमा रुपैयाँ लागतका वडा कार्यालय भवन निर्माण गरेको हो।
उक्त क्षेत्रमा वडा कार्यालय निर्माणका लागि तारानाथ दाहाल र टोमशंकर दुलालले जग्गा उपलब्ध गराएका थिए। दाहालले १ रोपनी ९ आना र दुलालवाट १ रोपनी जग्गा दान गरेका थिए।
उक्त जग्गामा निर्माण भएको भवन मेलम्ची नगरकी उपप्रमुख भगवती नेपालले उद्घाटन गर्दै सेवा सुरुवात गरेकी हुन्।
भवन निर्माणका लागि जग्गा दान गरि सेवा गर्ने स्थान बनाउन सहयोग गरेको भन्दै जग्गादाताहरुलाई वडाअध्यक्ष भक्तबहादुर खड्काले धन्यवाद दिए।
कार्यक्रममा राप्रपाका स्थानीय नेता टेकबहादुर तमाङ, नेपाली काँग्रेसका विनोद कार्की, नेकपा बालसुन्दर सापकोटाले मेलम्ची नगरपालिकाका सबै वडामा कार्यालय भवन निर्माण गर्न नगरपालिकालाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।