काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ओवाङ गाउँबाट ५ थान भरुवा बन्दुक र अवैध लागुऔषध गाँजासहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भएका ४० वर्षीय गुन्जबहादुर घलान, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय ठूलोकान्छा तामाङ, सोही ठाउँ बस्ने ३० वर्षीय सानोकान्छा तामाङ र वीरबहादुर तामाङ रहेका छन्।
प्रहरी चौकी डांडाखर्क मकवानपुर, इलाका प्रहरी कार्यालय गजुरी र ३ नम्बर प्रदेश कार्यालय हेटौंडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले गाउँमा खोजी गर्ने क्रममा गुन्जबहादुर र ठूलोकान्छाको घरबाट भरुवा बन्दुक २ नाल तथा १२ बोरको १ नाल बन्दुक बरामद गरेको छ।
त्यसैगरी सानोकान्छाको घरबाट भरुवा बन्दुक १ नाल तथा १० बोरा गाँजा र वीरबहादुरको घरबाट भरुवा बन्दुक १ नाल तथा १२ बोरा गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।