नयाँ दिल्ली- दक्षिणी भारतको तामिलनाडू राज्यस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ।
चेन्नईबाट करिब ३१२ किलोमिटर टाढा रहेको नागापट्टिनाममा रहेको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको हो।
मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी हुन्। उनीहरु सोही कार्यालयमा सुतेका थिए। घटनामा अरु तीन जना घाइते भएका छन्। गम्भीर घाइतेलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।