• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देउडाको माहोल फर्काउने बड्डाहरु

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  १३:१३
1140x725

फागुन असिनो बड्डो, चैत काफल झड्डो
आइगयो बड्डी खोज, यो अछामी बड्डो

अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत हो यो। देउडाको परम्परागत लय र संगीत, देउडा गीतमा बढी भेटिने ख्यालठट्टा र भिडियोमा परम्परागत ‘खेल’ (नाच) देखाइएको यो गीत देउडाप्रेमी माझ जँचेको छ। 

यो गीत हिट मात्रै भएन, २०६२/०६३ पछि हराएको परम्परागत देउडा गीतको माहोलसमेत फर्काइदियो। पुरानै तरिकाका शब्द, लय र खेललाई समेटेर देउडा गीत बजारमा ल्याउने होडबाजी पछिल्ला वर्षहरुमा एकाएक बढेको छ। 

परम्परागत देउडा गीत संकलन र लेखनमा चर्चित राजेन्द्र शाह बिपीलाई अचेल हप्तामा एउटा गीत लेख्नुपर्ने ‘प्रेसर’ छ। उनको शब्द संकलनमा रहेको ‘अछामी बड्डो’ले देउडाप्रेमीको दिलदिमागमा राज गरेपछि नयाँपुराना पुस्ताका गायकमा देउडा बजारमा ल्याउने लहर चलेको छ। 

केही समय लेखनबाटै विश्राम लिइसकेका यी सर्जक मात्रै अहिले पुनः सक्रिय भएका छैनन्। झन्डै एक दशक गीतसंगीतबाट ओझेल परेका गायक लालबहादुर धामीको व्यस्ततासमेत बढेको छ। सुदूर–कर्णाली क्षेत्रमा मात्रै होइन, यो क्षेत्रका बासिन्दा रहने विदेशी भूमिमा समेत स्टेज कार्यक्रमका लागि उनलाई निम्त्याउन थालिएको छ। 

गीतलाई देउडाको परम्परागत स्वादमै सुनिने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् भने भिडियोलाई देउडा जस्तै देखाउने भूमिका भीम थापाको छ। 

सुदूरपश्चिमका यी सर्जकहरुको सहकार्यमा त्यसपछि पनि दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। प्राय: गीत हिट पनि छन्। गीतकार शाह यसलाई परम्परागत देउडा गीतको माहोल फर्केको रुपमा अर्थ्याउँछन्। ‘संगीतको मौलिक स्वादका पारखी फर्किएका छन्,’ उनको बुझाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

देउडा गीत सुनिने क्षेत्रमा समेत यसको प्रभाव घटेको समयमा समेत ‘देउडा जीवित’ राख्न विनोद बाजुराली सक्रिय थिए। देउडा भनेपछि नाक खुम्च्याउने पुस्तालाई सुन्न पल्काउन उनले गीतमा केही प्रयोग गरे। ‘हुन्यावाली जीवनसाथी’ यसैको एउटा उदाहरण हो। परम्परागत देउडा लय र गीत, आधुनिक प्रविधि र बिम्बसमेत मिसाए उनले।

लोकसंगीतमा अत्यधिक रुचाइएकी गायिका विष्णु माझीका साथमा र आफ्नो स्वरमा उनले यो गीत रेकर्ड गराए भने लोकगीतमै चम्किएका शंकर बिसी र पार्वती राईलाई म्युजिक भिडियोमा नृत्य गराए। जसले देउडाप्रेमीमा देउडा मोह बढायो भने गैर-देउडाप्रेमीलाई पनि आकर्षिक गर्यो। त्यसपछि उनले यही शैलीको निरन्तरता स्वरुप ‘घर त मेरो प्रदेश नं ७’ बजारमा ल्याए। 

देउडा गीतको माहोल फर्काउन विनोद बाजुराली, राजेन्द्र शाह बिपी, लालबहादुर धामी यतिबेला सामूहिक रुपमै सक्रिय छन्। करिअरको सुरुवातदेखि नै एकअर्कासँग जोडिइरहेका उनीहरुले पछिल्लो समय देउडाको मौलिकतामाथि भइरहेको प्रहारविरुद्ध ढालका रुपमा ‘टिमअप’ गरेका हुन्। 

धामी २०५५ सालदेखि देउडा गायनमा सक्रिय छन्। ‘मायाजाल’ एल्बमबाट देउडा गाउन थालेका उनी गीतकार शाहसँग भने २०५९ सालदेखि जोडिए। ‘दुई स्वास्नीको घर’ एल्बममा शाह र धामी एकसाथ देखिए। २०५६ सालमा ‘टलपलाएका आँशु’ नामक एल्बम बजारमा ल्याएर शाह देउडा गीत लेखनमा सक्रिय भएका थिए। २०५९ मै ‘आँशुको नासो’ गीति एल्बम बजारमा ल्याउने क्रममा बाजुराली र गीतकार शाहको सहकार्य भएको थियो।

त्यसपछि केही वर्ष आ–आफ्नै तरिकाले तिनै देउडा संगीतमा सक्रिय रहे।

पुराना कलाकारले ‘कमब्याक’ 
प्रविधिको विकास देउडाका लागि बाधक भइदियो। टेपरिकर्डको ठाउँ मोबाइलले लिँदा एल्बम बिक्न छाडे। क्यासेट किनेर भन्दा मेमोरी कार्डमा गीत सारेर सुन्न थालिएपछि देउडा गीतलाई करिअर बनाइरहेकाहरु लाखापाखा लाग्न बाध्य भए। 

सात सयभन्दा बढी गीत लेखिसकेका शाह भन्छन्, ‘देउडा गीत गाउन चाहनेहरु नभएपछि मैले पनि पाँच वर्ष यो क्षेत्रबाट विश्राम लिएँ।’

देउडा गायनमा चर्चित भइसकेका धामीले पनि लत्तो छाडे। उनी पढाइ, व्यवसाय र अन्य काममा सक्रिय भए। 

देउडा गायकका रुपमा करिअर बनाउने लक्ष्य लिएका बाजुरालीले भने यहीबीच अध्ययन र संगीत संयोजनतिर आफूलाई सक्रिय बनाए। सुदूरपश्चिम छाडेर पोखरा आइपुगेका उनी लोकदोहोरी गीतको संगीत संयोजन, गायन र लेखनमा अघि बढे। त्यसपछि काठमाडौं आएर उनले आफूलाई चर्चित संगीत संयोजक मात्रै बनाएनन्, रेकर्डिङ स्टुडियो पनि खोले। त्यसपछि देउडा गीतको भोक पनि सँगसँगै मेटाउँदै गए। बजारले नमागे पनि आफ्ना चाहनाले हरेक वर्ष उनले एउटा देउडा गीत बजारमा ल्याइरहेका छन्। 

संगीत संयोजकका रुपमा बाजुरालीको दक्षता र स्टुडियो मालश्रीको रेकर्डिङ गुणस्तरले देउडालाई पुनर्जीवन दिन सघाएको गीतकार शाहको बुझाइ छ। उनी भन्छन्, ‘केही समय देउडा पछि पर्नुको कारण प्रविधिलाई राम्ररी उपयोग गर्न नसक्नु हो। प्रविधिको उपयोग गर्न नसक्दा गुणस्तरीय देउडा गीत आएन। स्रोताले रुचाएनन्।’

काठमाडौंको पुतलीसडकस्थित मालश्री रेकर्डिङ स्टुडियो देउडाप्रेमी सर्जकहरु एकीकृत गर्ने नयाँ थलोका रुपमा विकास भएको छ। जसका कारण देउडालाई नयाँ उचाइ दिन उनीहरुको समूह सफल भएको छ। 

देउडाको दम फर्किएको नयाँ माहोलमा केही पुराना कलाकारले ‘कमब्याक’को प्रयास गरिरहेका छन्। नयाँ गायक/गायिका पनि लोभिएका छन्। 

आधुनिक संगीतमा चर्चित रामचन्द्र काफ्लेले पनि लामो समयदेखि देउडा गाइरहेका छन्। प्रमोद खरेलले समेत अघिल्लो वर्षमात्रै आफ्नो स्वरमा देउडा भाका रेकर्ड गराए। फिल्म ‘सायद’, ‘छक्कापञ्जा’, ‘मी भर्जिन’लगायतमा पनि देउडालाई समेट्न खोजिएको छ। 

परम्परागत देउडा गीतमै आफूलाई समाहित गरिरहेका नयाँ गायक/गायिकामा सूर्य विरही साउँद, शोभा थापा, चक्र बम, दीपक संगम बिसी, टेकबहादुर बोगटी, पुष्पा बोहरा, सुरेश शाही, टंक तिमिल्सिना र रेखा जोशी लगायत छन्। यीमध्ये गायिका थापाले विशेष डिजिटल रेकर्डिङ स्टुडियोमार्फत देउडामा पहिचान बनाउन खोज्ने कलाकारलाई सघाइरहेकी छिन्। 

पहिल्यै चर्चित भइसकेका कलाकारहरु प्रकाश थापा, भुवन दाहाल, महेश औजी, संगीता शाह, हर्क खडायत, ध्वज महरा लगायत कलाकार पनि देउडामा आफ्नो विरासत फर्काउन लागिपरेका छन्। 

परम्परागत देउडा झल्किने गीत संकलन गर्न सक्नेको भने अभाव छ। शाहबाहेक अहिले लक्ष्मण अधिकारी र सुशील बोहरा मात्रै परम्परागत देउडा गीत लेखनमा सक्रिय देखिएका छन्।

देउडा गीतको भन्दा सुदूर र कर्णाली क्षेत्रको भाषामा आधारित गीत बनाउनेहरुको होड पनि चलेको छ। मूलधारका संगीतकर्मी र फिल्मकर्मीले त्यहाँ भाषा र संगीतको अंश लिएर गीत बनाइरहेका छन्। तर, त्यो देउडा नभएको गीतकार शाह बताउँछन्। देउडा हुन निश्चित नियम र परिधिभित्र बस्नुपर्छ। 

देउडा संगीतको मूलधारमा आइरहँदा गायक धामीलाई खुसी लागेको छ। ‘केही वर्षअघि मात्रै हो। देउडा मात्रै सुनिने क्षेत्रमा पनि अन्य गीतले कब्जा गरेका थिए। अहिले मूलधारमा समेत देउडाले हिस्सा खोजेको छ,’ उनको बुझाइ छ।

आधुनिक संगीतमा चर्चित रामचन्द्र काफ्लेले पनि लामो समयदेखि देउडा गाइरहेका छन्। प्रमोद खरेलले पनि अघिल्लो वर्षमात्रै आफ्नो स्वरमा देउडा भाका रेकर्ड गराए। फिल्म ‘सायद’, ‘छक्कापञ्जा’, ‘मी भर्जिन’लगायतमा पनि देउडालाई समेट्न खोजिएको छ। 

के लोक गायक, के आधुनिक गायक; बाजुरालीलाई भेट्नेले देउडा गीत गाउन रुचि भएको बताउन थालेका छन्। उनी भन्छन्, ‘मौलिक संगीत फैलावट जरुरी छ तर मौलिकता नमर्ने गरी फैलिनुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतम... बुधबार, चैत १८, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्र... बुधबार, चैत १८, २०८२
विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै बुधबार, चैत १८, २०८२
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची बुधबार, चैत १८, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्