पाल्पा– जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घटनास्थलबाट पूर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए। घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
अन्य केही यात्रु भीरमा अड्केको हुन सक्ने भन्दै प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेकाे बताइएकाे छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।