भक्तपुर– चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ।
प्रहरीले चोरिएका मोबाइल खरिद गरी बिक्री गर्दै आएको अभियोगमा भक्तपुर नगरपालिका– ८ जगातीमा सञ्चालित मोबाइल पसलका सञ्चालक मोरङ रतमाई नपा–५ का ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
प्रहरीले पसलमा खानतलासी गर्दा चोरीको मोबाइल १४ थान र ट्याबलेट दुई थान बरामद गरेको छ।
मोबाइल चोरीमा संलग्न रहेका अभियोगमा काभ्रेपलाञ्चोक पनौती नपा– ७ का १९ वर्षीय सुवेस धुसा, मोरङ भोगटेनी गापा–८ फँडानीका १८ वर्षीय पूर्णबहादुर गदाल र भक्तपुर जिल्ला सूर्यविनायक– ७ सूर्यविनायक बस्ने २५ वर्षीय सुशन नागालाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।