पोखरा- गण्डकी प्रदेशसभाका सांसद टेकबहादुर घर्तीको निधन भएको छ।
बागलुङ-२ (ख) बाट निर्वाचित सांसद घर्तीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा बिहीबार निधन भएको हो।
जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई मङ्गलवार एअर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।
पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएका घर्तीलाई ग्रान्डी अस्पताल काठमाडौंमा समेत उपचार संभव नभएपछि नयाँदिल्ली लगिएको थियो।
घर्तीको शव गृह जिल्लामा लगिँदै गरेको बताइएको छ।
घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका अधिकारीचौरका स्थायी बासिन्दा घर्तीका श्रीमती, चार छोरी र दुई छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।