जनकपुर- साताव्यापी रामजानकी विवाह महोत्सवमा २ करोड ५० लाख भन्दा बढी खर्च भएको बताइएको छ।
महोत्सवको अन्तिम दिन आज रामकलेवा (जन्ती बिदाई) कार्यक्रमसँगै साताव्यापी महोत्सव विधिवत् रुपमा सम्पन्न भएको छ। महोत्सवको ५० लाख खर्च प्रदेश २ सरकारले उपलब्ध गराएको छ भने बाँकीको रकम मन्दिरका शुभचिन्तक र सहयोगीबाट जुटाइएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले बताए।
सीताराम विवाह महोत्सवको अन्तिम कार्यक्रमका रुपमा मनाइने रामकलेवामा भारतबाट जन्तीको रुप आएका साधुसन्तलाई मर्जादी भोज (मिथिला परम्परामा बिहे भएको भोलिपल्ट खुवाइने भोज) खुवाएर दक्षिणा र उपहार दिएर बिदा गर्ने परम्परा छ।
जानकी मन्दिरका तर्फबाट करिब हजार भन्दा बढी साधुसन्तलाई सय रुपैयाँदेखि २१ हजारसम्म दक्षिणा र प्रत्येक साधुलाई एउटा कम्बल उपहार दिएर बिदा गरिएको महन्त दासले बताए।
‘यहाँ विशिष्ट श्रेणीका साधुसन्तदेखि सामान्य कोटिको साधुको समेत सहभागिता थियो, सबै सहभागी जन्तीलाई हामीले सक्दो सम्मान दिएर बिदाई गरेका छौं,’ महन्थ दासले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।