काभ्रेपलाञ्चाेक– काभ्रेको चौंरी देउराली गाउँपालिका–५ का ६ वर्षीय बालकलाई ब्लड क्यान्सर भएको छ।
सुरेन्द्र राज भारतीका ६ वर्षीय छोरा वेलसन भारतीलाई कान्ती बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको वडा अध्यक्ष राज कुमार गौतमले बताए।
बालकको कान्ती बाल अस्पतालमा उपचार भइरहेको पीडित परिवारले जनाएको छ।परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागि परिवारले सहयोगको याचना गरेको छ।
उपचारमा सहयोग गरिदिनका लागि नेपाल इन्भेस्टमेन्ट बैंक सिपाडोल भक्तपुर शाखाको ००२०५१२०२६०५५८ तथा राष्ट्रिय वाणिज्य बैंक ठमेल शाखाको ११००००००८११D खातामा पैसा जम्मा गरिदिन अपिल परिवारले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।