धनगढी– सुदुरपश्चिम प्रदेश सरकारले 'प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन निर्देशिका' स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको हो।
प्रदेश सरकारले चालु आव २०७५/७६ का लागि ल्याएको बजेटमा प्रदेश पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको थियो। जसअन्तर्गत प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।
निर्देशिका नहुँदा प्रदेशसभा सदस्यले पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च गर्न सकेका थिएनन्।
निर्देशिका स्वीकृति भएसँगै अब प्रदेशसभा सदस्यले आफनो निर्वाचन क्षेत्रमा २ करोडका योजना सञ्चालन गर्ने बाटो खुलेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।
प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहने गरी सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य र स्थानीय तहमध्येको प्रशासकीय अधिकृत रहेको समितिले छनौट तथा अनुगमन गर्ने गरी ती कार्यक्रम सञ्चालन गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।