महाेत्तरी– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमि सम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताएकी छन्।
आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित 'अव्यवस्थित बसोबास व्यवस्थापन सम्बन्धी संवाद' कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानुन सम्बन्धी काम भइरहेको बताइन्।
उनले भनिन् , ‘जनताको अधिकार सम्पन गर्नै मन्त्री बनेको हुँ, शक्तिशाली आयोग बनाएर समस्याको हल चाँडै गर्छाैँ।’
मन्त्री अर्यालले यो वर्ष भित्र कानुन र नीतिनिर्माणका काम सकेर परिणाममुखी काम थालिने प्रतिबद्धता व्यक्त गरिन्।
ऐलानी जग्गाको अव्यवस्थित बसोबास, मोहीको द्वैध स्वामित्व अन्त्य गर्ने र गुठी जग्गा व्यवस्थापन गर्दै वैज्ञानिक भूमि व्यवस्था नीति अख्तियार गर्नु अहिलेको आवश्यकता रहेको मन्त्री अर्यालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।