काठमाडौं- सरकारले गोरखापत्र संस्थानको व्यवस्थपान मार्केटिङ र प्रिन्टिङ सम्बन्धी मामला हेर्ने गरी सल्लाहकारमा नीति विश्लेषक एवं पत्रकार टीकाराम राईलाई नियुक्त गरेको छ। यसैगरी सोही संस्थानको कानुनी सल्लाहाकार पदमा अधिवक्ता कुमारप्रसाद भट्टराईलाई नियुक्त भएका छन्।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राई र भट्टराईलाई संस्थानको सल्लाहाकार नियुक्त गर्ने निर्णय गरेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
राई सञ्चार मन्त्रालयले यसै वर्ष गोरखापत्र संस्थान अध्ययन एवं छानबिन गर्न गठित समितिका सदस्य हुन्। कागज खरिदमा अनियमितता गरेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाइसकेको छ।
मुलुकी ऐन (अपराध) संहिताको प्रेस तथा अभिव्यक्ति स्वतन्ता अध्ययन कार्यदलको सदस्य रहेका उनी राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन गर्न बनेको उच्चस्तरीय समितिमा मिडिया विज्ञ रहेका थिए। उनीसँग नेपाल वातावरण पत्रकार समूहको कार्यकारी निर्देशकको रुपमा काम गरेको अनुभव छ।
'काठमाडौं टूडे' पाक्षिकमार्फत नेपालमा व्यवसायिक म्यागेजिन पत्रकारिता भित्र्याएका रार्इसँग रेडियो सगरमाथाको स्टेशन म्यानेजर भएर काम गरेको अनुभव समेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।