काठमाडाैं– शुक्रबार हुने नेपाल इन्जिनियर्स एसोसिएनको ३२औं कार्यकारणी समितिका लोकतान्त्रिक समूह विजयी हुने उक्त समूहले दाबी गरेको छ।
१८ सदस्यीय कार्य समितिको शुक्रबार निर्वाचन हुँदैछ। सातै प्रदेशमा आफ्नो समूह अघि रहेको जनाउँदै लोकतान्त्रिक समूहले केन्द्रमा पनि विजयी हुने दाबी गरेको छ।
लोकतान्त्रिक समूहबाट प्राध्यापक हिरेन्द्रमान श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरु निर्वाचनमा उभिएका छन्। प्रधान पुल्चोक क्याम्पसका प्राध्यापनरत छन्। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका उनी काठमाडौं इन्जिनियरिङ क्याम्पसका अध्यक्ष पनि हुन्।
तत्कालीन किस्ट बैंकका सञ्चालक समेत रहेका प्रधानले इन्जिनियरहरुको हकहितको लागि लोकतान्त्रिक समूह निर्विकल्प भएको दाबी गरे। बेरोजगार इन्जिनियरहरुको संख्या बढ्दै गएको जनाउँदै प्रधानले भने, ‘म उनीहरुलाई रोजगारी दिलाउन विशेष पहल गर्छु।’
इन्जिनियरहरुका पक्षमा नीति–नियम बनाउन सरकारसँग समन्वयात्मक भूमिका खेल्ने उनले बताए। न्यून तलबमा काम गर्न इन्जिनियरहरु बाध्य रहेको बताउँदै प्रधानले तलब समायानुकूल बनाउन प्रयास गर्ने बताए।
शुक्रबार सात बजेदेखि मतदान हुने जनाइएको छ। दुई वर्षे कार्यकाल रहने समितिमा सबै १८ सदस्य नै निर्वाचित हुनुपर्ने प्रावधान छ। १७ हजार प्रतिनिधि रहेको एसोसिएसनमा १० हजार बढी सहभागी हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।