काठमाडौं– अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ।
बिहीबार काठमाडौंको क्विज सिनेमाहलमा पत्रकार सम्मेलनमार्फत ‘रहर छ सँगै..’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा कलाकार अनमोल केसी र नव–अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय रहेको छ।
अर्जुन पोखरेको संगीत, दिग्गज धौरालीको शब्द रहेकाे गीतमा गायिका अञ्जु पन्त र सुगम पोखरेलको अावाज सुन्न सकिन्छ।
गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
फुटबल खेलाडीको कथामा निमार्ण भएको फिल्ममा अभिनेता अनमोल 'क्याप्टेन'को भूमिकामा देखिएका छन्।
फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।
भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म फागुन १७ देखि प्रदर्शनमा आउनेछ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।