काठमाडौं– माघ १८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोपी’को ४ वटा नयाँ पोस्टर सार्वजनिक भएका छन्। पोष्टरमा अभिनेता विपिन कार्कीलाई गाई पालक युवाका रुपमा चित्रण गरिएको छ।
फिल्मको कथालाई केन्द्रमा राखेर तयार पारिएको पोस्टरमा विपिन कार्कीको पेसा प्रस्तुत गर्न खोजिएको निर्देशक दिपेन्द्र लामाले बताए।
चार पोस्टरमध्ये एकमा विपिनसँगै फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्त पनि फिचर्ड गरिएका छन्। पोस्टरमा अभिनेत्री राउत भेटरिनरी डाक्टर र सुरक्षा प्रेमिकाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ।
फिल्मले एक शिक्षित युवा व्यवसायीको कथा र आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद सफलता प्राप्तिको कथा बोल्ने निर्माण युनिटको भना छ।
आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।