नयाँ वर्षको पहिलो महिनामा नै बलिउडका तीन हस्तीबीच टक्कर हुने भएको छ। जनवरी २५ मा कंगना रनौटको फिल्म ‘मणिकर्णिका– द क्विन अफ झाँसी’, ऋतिक रोशनको ‘सुपर ३०’ र इमरान हासमीको ‘चिट इण्डिया’ एकसाथ रिलिज हुँदैछन्। यी तीनै फिल्मबीच कडा टक्कर हुने अनुमान गरिएको छ।
फिल्म ‘मणिकर्णिका’ मा कंगनाले लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन्। फिल्मको ट्रेलर १८ डिसेम्बरमा रिलिज हुनेछ।
यो २०१९ मा रिलिज हुने ठूलो बजेटको फिल्म हो। फिल्मलाई हिन्दीका साथसाथै तमिल र तेलुगु भाषामा पनि प्रदर्शन गरिनेछ।
यस्तै इमरान हासमीको ‘चिट इण्डिया’ को निर्देशन सौमिक सेनले गरेका हुन्। यो फिल्म इमरानको लागि महत्वपूर्ण मानिएको छ, किनकि उनी तीन/चार वर्षदेखि लगातार ओरालो यात्रामा छन्। यो फिल्मको माध्यमबाट उनी आफ्नो बिग्रेको छवि सुधार्ने प्रयासमा छन्।
ऋतिक रोशन अभिनित ‘सुपर ३०’ पनि नयाँ वर्षको पहिलो महिनामा रिलिज हुने ठूलो बजेटको फिल्म हो। यो फिल्मले बलिउडमा धमाल मच्चाउन सक्ने अनुमान फिल्म पण्डितहरुले गरिरहेका छन्। –एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।