गलकोट- बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ का युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता छन्। काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय थापा मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताए।
खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।