हुम्ला- कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात सुरु भएको छ। उच्च हिमाली जिल्ला हुम्लामा यस वर्ष दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेकाे छ। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो।
बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए।
उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ। सदरमुकाम सिमकोटमा पनि बिहीबार बिहानैदेखि हिमपात भएकाे र चिसो पनि बढेकोे बताइएकाे छ।
हिमपातका कारण बालीनाली सप्रिने भन्दै किसानहरु भने खुसी भएकाे बताइएकाे छ। चिसाे बढेका कारण बढी मात्रामा बालबालिका, वृद्ध, गरिब, बिरामी, असाहय तथा असक्तहरुलाई समस्या परेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।