काठमाडाैं– प्रधानन्यायाधीश सिफारिसका लागि आज पनि संवैधानिक परिषद्काे बैठक बाेलाइएकाे छ। बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएकाे छ।
यसअघि ३ पटकसम्म बैठक स्थगित भएकाे थियाे। बुधबारका लागि बाेलाइएकाे बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएकाे थियाे।
मंगलबार भने सुरुमा ११ः३० बजे बोलाइएको भएपनि नेताहरु उपस्थित हुन नसक्ने भएपछि ५ बजेलाई सारिएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेपछि साँझमा पनि बैठक बस्न सकेकाे थिएन।
प्रमुख प्रतिपक्ष दलका नेता देउवाले स्वीकार गरे मात्र सर्वोच्चको भावी नेतृत्व चयन हुनेछ।
सर्वोच्चका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नुपर्नेछ।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले जोशी र राणाको नाम पठाएको हो। बाहलवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका थिए।
सर्वोच्चबाहेक परिषद्काे बैठकमा विभिन्न आयोगहरुका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।