काठमाडौं– गायक अविनास घिसिङले ‘लाइसेन्सको ठेक्का (डम्फु)’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। युट्युवमार्फत सार्वजनिक गीतमा अविनाससँगै गायिका मुना पाख्रिनले स्वर दिएकी छिन्।
गीतमा अविनास र मुनाकै शब्द तथा संगीत छ। गायक भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक अविनास र मान्सी लामाले अभिनय गरेका छन्।
राजिव समरको नृत्य निर्देशन गरेको गीतको भिडियो अनिल के मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। यसअघि घिसिङको ‘कलकत्ते काइँयो’ गीतले दर्शक तथा श्रोतामाझ चर्चा बटुलेको थियो।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।