काठमाडाैं- नेपालका युवा वैज्ञानिकहरुले इन्जिनियरिङ विधामा रजत पदक हात पार्न सफल भएका छन्।
थाइल्यान्डमा आयोजित सातौं एसिया प्रशान्त क्षेत्रको युवा वैज्ञानिक सम्मेलनमा नेपालका वृहस्पति विद्या सदनमा अध्ययनरत इन्जिनियरिङ विधाका राजेश श्रेष्ठ, सुजल राजभण्डारी र कृष्ण पोदारले रजत पदक हात पारेका हुन्।
‘नेत्रहीनका लागि आविष्कार’ भन्ने नारासहितको प्रस्तुतिले उनीहरुलाई रजत पदक दिलाएको हो। प्रतियोगिताले आफूहरुलाई उचित वातावरण भए ज्ञान, विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्नसक्ने महशुस गराएको रजत पदक विजेता टोली नेता राजेश श्रेष्ठले बताए। सम्मेलनमा नेपालको ३ वटा प्रस्तुति रहेको थियो।
यसैबीच, रजत पदक जितेर बुधबार अपरान्ह स्वदेश फर्किएका युवा वैज्ञानिकहरुको सो टोलीलाई वृहस्पति विद्या सदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानसहित स्वागत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।