• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बदनामीको 'फुली' थप्दै आइजी खनाल

64x64
नारायण अधिकारी बुधबार, मंसिर २६, २०७५  १८:००
1140x725

गत वर्ष चैत २९ गते तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालसँगै उनका ब्याजी सबै एआइजीहरु ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए। अर्याल घर जानु एक महिना अघिदेखि नै भावी आइजिपी कसलाई बनाउने भन्नेबारे अनौपचारिक चर्चा राजनीतिक वृत्तमा राम्रैसँग चलेको थियो। 

गृहमन्त्री रामबहादुर थापा 'बादल', नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेता वरीयताको पहिलो नम्बरमा रहेका हालका आइजिपी सर्वेन्द्र खनाललाई आइजिपी बनाउनुपर्छ भन्ने लाइनमा थिए।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका केही नेता भने पुष्कर कार्कीलाई आइजिपी बनाउन लागिपरेका थिए। कार्की र खनालपछि तेस्रो धारका केही नेताको लबिङ भने रमेश खरेलतिर थियो। उनीहरुले खरेलको समयावधि ९ महिनामा सकिने भएकाले त्यसपछि अर्को व्यक्तिसमेत आइजिपी बन्न सक्ने तर्फ पेस गरेका थिए।

यसअघिको आइजिपी नियुक्ति प्रक्रिया पनि विवादमुक्त थिएन। वरीयताको पहिलो नम्बरकालाई पाखा लगाएर अन्यलाई आइजिपी बनाएको भन्दै चर्को आलोचना हुने गरेको थियो। 

अन्ततः आलोचनाबाट पनि मुक्त भइने र व्यावसायिक छवि बनाएका पहिलो नम्बरका डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी बनाउने निर्णय चैत २७ गते साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो। 

चैत २९ गतेबाट खनालले आइजिपीको कार्यभार सम्हाले।

त्यसबेला गृहमन्त्री रामबहादुर थापा बादलले आइजिपी खनाललाई बधाई दिँदै भनेका थिए, ‘मेरिट बेसमा आइजी बनाएका छौं। सरकारले मेरिट बेसकै नतिजा खोजेको छ।’

खनाल आइजिपी भएको एक महिनापछि फेरि यही कुरा अर्थमन्त्री युवराज खतिवडाले दाहोर्याए। 

nimb
nimb
Ncell 2
Ncell 2

बजेट सार्वजनिक हुने दिन नजिकिँदै थियो। भन्सार छली र राजस्व चुहावट व्याप्त थियो। जेठको पहिलो साता भन्सार कडाइ र राजस्व चुहावट नियन्त्रणबारे छलफल गर्न अर्थमन्त्री खतिवडाले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनालसँगै नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाललाई डाके। 

दुवैलाई सँगै राखेर अर्थमन्त्री खतिवडाले भनेका थिए, ‘तपाईंहरुलाई मेरिट बेसको आधारमा सरकारले आइजिपी बनाएको छ। तपाईंहरुबाट मेरिट बेसकै नतिजा सरकारले खोजेको छ।’

'हस्' भन्दै टाउको हल्लाएर बाहिरिएका तिनै आइजिपी सर्वेन्द्र खनालको कार्यकाल अहिले ८ महिना पुगिसकेको छ। तर, उनले मेरिट बेसको नतिजा होइन 'बदनामीको फुली' थपिइरहेका छन्।

OOO

मंगलबार प्रहरी प्रधान कार्यालय पुगेको थिएँ। सामाजिक सञ्जाल र मिडियामा आएका प्रहरीबारेका नकारात्मक कुराबारे जिज्ञासा राख्दा एक प्रहरी कर्मचारीले उल्टै सोधे, ‘साँच्चै नेपाल प्रहरीको व्यावसायिकतामा कमी आएको हो र भाइ?’

निकै गम्भीर भएर भावुकतासाथ उनले यो प्रश्न तेर्स्याएका थिए। प्रहरी संगठनले खेप्नुपरेको आलोचनाको पीडा उनको अनुहारमा झल्किन्थ्यो। 

ठ्याक्कै उत्तर त मसँग थिएन। एकछिन सोचेर जवाफ फर्काएँ, ‘व्यावसायिकता गुमेको नगुमेको चाहिँ मलाई थाहा भएन। तर आम नागरिकमा त्यो छापचाहिँ परेको छ।’

मेरा उत्तरमा सायद उनलाई चित्त बुझ्यो। त्यसपछि थपे, ‘घरमा छोराछोरीले समेत हामीलाई पत्याउन छाडे। हेर्नु त प्रहरीले निर्मलाको हत्यारालाई लुकाउन पो खोजेको रैछ… यस्तो समाचार आएको छ भनेर छोराछोरीले नै हामीमाथि शंका गर्न थालिसके।’

प्रहरी संगठन अहिले कुन अवस्थामा पुगेको छ भनेर बुझ्न उनको यो भनाइ नै काफी छ। बहालवाला प्रहरीका छोराछोरीले समेत शंका गर्नु पर्ने! यो कति बिडम्बना छ। 

आम नागरिकको नजरमा नेपाल प्रहरीको छवि यत्तिको सायदै गुमेको थियो होला, जुन यो ८ महिनामा नेपाल प्रहरीले गुमाउनुपरेको छ। 

कहाँकहाँ चुके आइजी खनाल?
प्रहरी संगठन पनि समाजकै व्यक्तिबाट मिलेर बनेको हुनाले त्यहाँ पनि समाजको चरित्र देखिन्छ नै। विभिन्न तहका प्रहरी कर्मचारीले गल्ती वा राम्रो काम गरे पनि त्यसको जस र अपजस नेतृत्व वर्गलाई जान्छ। कतिपय ठाउँमा आइजिपी आफैं चुके, कतिपय ठाउँमा अन्य प्रहरी। जसकारण अहिले सिंगो प्रहरी संगठन, आइजिपी मात्रै नभएर सरकारसमेत आलोचित बन्नुपरेको छ। 

प्रहरीलाई विवादित बनाउने केही प्रतिनिधि घटनाहरु
सुन काण्ड
गत माघको पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुनले पनि सिंगो प्रहरी संगठनलाई बद्नाम बनायो। प्रहरीका पूर्वडिआइजीदेखि बहालवाला एसएसपी, एसपी, डिएसपी, सई, प्रहरी जवानसम्म सुन तस्करीमा संलग्न भएको आरोपमा थुनामा परे।

बिना आधार र प्रमाण तथा कानुनविपरीत गठन गरिएको निजामती कर्मचारी नेतृत्वको अनुसन्धान समितिले गुड फेथमा रहेर काम गरेकै भरमा अपराध महाशाखाका प्रमुखसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठायो। प्रहरीलाई यतिसम्म कमजोर बनाउँदा यसबारे आइजिपी खनालले एक शब्द बोल्न आवश्यक ठानेनन्। यसको असर अहिले पनि नेपाल प्रहरीले अनुसन्धानमा भोग्नु परेको छ। अन्तत: प्रमाण नपुगेको भन्दै धमाधम प्रहरी अधिकारी छुटे। 

निर्मला काण्ड
सुनकाण्ड सेलाउन नपाउँदै निर्मला काण्डले प्रहरी संगठन थप विवादमा तानियो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागेको छ। प्रहरी अहिलेसम्म हत्याराको नजिकसम्म पुग्न सकेको छैन। अन्य केही यस्ता घटना छन्, जहाँ वर्षौंपछि पनि नेपाल प्रहरीले हत्यारा पत्ता लगाएको छ। तर, निर्मला अनुसन्धानमा देखिएको लापरबाहीले अहिले प्रहरी चौतर्फी घेराबन्दीमा परेको छ। निर्मला हराएको भन्ने खबर आउनासाथ खोज्न नजानु र हत्या भएको फेला पारिसकेपछि प्रमाण नष्ट गर्नुले सिंगो प्रहरी संगठनले बदनामी कमाएको छ।

प्रहरी संगठन यति विवादमा आउँदा समेत आइजिपी सचिवालयले प्रेस मिट गरेर निर्मलाका बारेमा आएका अनावश्यक हल्लाको खण्डन र यथार्थताबारे अहिलेसम्म बोलेको छैन।

स्थलगत अध्ययन र जानकारी नलिई कतिपय मिडियामा आएका खबरले पनि प्रहरी संगठन विवादमा पर्यो। प्रहरीले निर्मलाको हत्या अनुसन्धानमा कुकुर प्रयोग गरेन, निर्मलाको बुबाको प्रहरीले नै गर्यो कीर्ते हस्ताक्षर, बम दिदीबहिनीको घरमा रंग लगाएर प्रमाण मेटियो जस्ता हुँदै नभएका अपुष्ट खबर मिडियामा छाए। सोही अनुसार आम नागरिकले प्रहरीलाई हेर्ने नकरात्मक धारणा बनाइरहेका छन्। झट्ट हेर्दा साना तर नागरिकले प्रहरीप्रति हेर्ने विश्वासमा ठूलो महत्व राख्ने यस्ता समाचारको खण्डन गर्दै आइजिपी सचिवालयले मिडियालाई समेत बुझाउन चाहेको देखिँदैन। जसकारण प्रहरी संगठनमात्रै होइन सरकारकै तीव्र आलोचना भइरहेको छ।

त्यस्तै, भक्तपुरमा दुई जनाको ज्यान जानेगरी भएको विवादास्पद इन्काउन्टर, कोटेश्वर-काँडाघारीका प्रहरीहरु लाइन लागेर घुस लिनु, बौद्धका डिएसपी श्याम राई घुससहित रंगेहात पक्राउ पर्नु लगायतका घटनाले प्रहरी संगठनलाई विवादमा तानेको छ। यसको असर अहिले सिंगो संगठनले भोग्नुपरेको छ।

आइजीको मनोमानी
आइजिपी सर्वेन्द्र खनालको मनोमानी यतिसम्म छ कि उनले आफ्नै सचिवालयमा दरबन्दीभन्दा तेब्बर कर्मचारी राखेका छन्। आइजिपीको सचिवालयमा १३ जना प्रहरी कर्मचारीको दरबन्दी छ। तर अहिले सचिवालयमा ३९ जना प्रहरी कार्यरत छन्। एउटा दरबन्दी रहेको एसपी पदमा तीन जना, प्रहरी निरीक्षकको दरबन्दी दुई वटा भए पनि सात जनासम्म राखिएको छ।

आइजिपीकै निर्देशनमा तीन हजार प्रहरी दरबन्दीबाहेक काजमा खटिएका छन्। आतंकवाद हेर्ने विशेष ब्युरोमा मात्रै आइजिपीका आसेपासे दर्जन प्रहरी काजमा छन्। उनीहरुको ६ महिनाको काज सकिएर पुन ६ महिना थप गरिएको छ। 

त्यसैगरी प्रहरी सरुवामा समेत आइजिपीको मनोमानी व्याप्त छ। २०७५ कात्तिक ३० मा प्रहरी प्रधान कार्यालयले ४ सय ५५ प्रहरी निरीक्षकको सरुवा सूची निकालेको थियो। त्यसको एक सातामै मंसिर ६ मा प्रहरी निरीक्षक मुरारी मिश्रको कास्की ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरियो। 

एक सातामै काज निकाल्ने आइजिपीको योजना अनुसार नै मिश्रलाई कात्तिक ३० गते सरुवा गरिएको थिएन। आइजिपी खनालले आफ्ना निकट मिश्रलाई पठाउनकै लागि कास्की ट्राफिकमा कसैलाई पनि सरुवा नगरी खाली राखेका थिए। 

त्यसको एक हप्तामै उनलाई काज सरुवा गरिएको थियो। मिश्रको दरबन्दी महानगरीय ट्राफिक प्रहरी महाशाखा हो। प्रहरी निरीक्षकका लागि कास्की ट्राफिक प्रमुख आकर्षक मानिन्छ।

गृहको निर्णय डस्टबिनमा, काम गर्ने अफिसरलाई घाम ताप्ने ठाउँमा
यतिमात्रै होइन, आइजिपी खनाल यतिसम्म शक्तिशाली भएका छन् कि गृहको निर्णय नै उल्ट्याउने हैसियत राख्छन्। महानगरीय प्रहरी आयुक्त कार्यालय मातहत रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रधान कार्यालय मातहत रहने निर्णय गृह मन्त्रालयले गरेको थियो। 

एआइजीको दरबन्दी कटुवा गरेर तीनमा झारिएको थियो। आयुक्त कार्यालय र विमानस्थल दुवै ठाउँमा डिआइजी रहने भएपछि मर्यादा नमिल्ने भन्दै विमानस्थल कार्यालयलाई प्रहरी प्रधान कार्यालयमा लैजाने निर्णय भएको थियो।

तर गृहको उक्त निर्णय उल्ट्याउँलै आइजिपीले विमानस्थल सुरक्षा कार्यालय पुन: आयुक्त कार्यालय मातहत ल्याएका छन्। जबकि विमानस्थलमा आइजजिपीकै ब्याचका डिआइजी शेरबहादुर बस्नेत कार्यारत थिए। डिआइजी बस्नेतले आफूभन्दा कनिष्ठ डिआइजीलाई दैनिक रिर्पोटिङ गर्नुपर्ने अवस्था थियो।

आयुक्त कार्यालय मातहत विमानस्थल सुरक्षा राखेपछि व्यावसायिक प्रहरी अधिृकतको छवि बनाएका डिआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालमा सरुवा गरिएको छ। कामै नहुने भएकाले प्रहरी अधिकारीहरु परिषद् सचिवालयलाई घाम ताप्ने ठाउँ भन्ने गर्छन्।

बस्नेतको सरुवा भएपछि डिआइजी दरबन्दी भएको ठाउँ अहिले एसएसपीको भरमा चलेको छ। जहाँ एसएसपी देवबहादुर वोगटी कार्यरत छन्। 

अवकाशको ६ वर्षपछि एसपीको फुली : छैन छानबिन, मौन हेडक्वार्टर
६ वर्षअघि अनिवार्य अवकाशमा जानुपर्ने व्यक्ति अहिले पनि निरन्तर सेवामा रहेकोबारे नेपाल लाइभले केही समयअघि समाचार प्रकाशन गरेको थियो। २०३९ सालमा प्रहरीमा भर्ना भएका एसपी दीपकराज खरेलले विभिन्न जालझेल गरेर जागिर खाइरहेको, नागरिकता समेत त्रुटि भएको बारे समाचार प्रकाशन भए पनि त्यसउपर प्रहरी प्रधान कार्यालयले कुनै कारबाही गर्न सकेको छैन।

एसपी खरेलेको हकमा छानबिन गरेर सत्यतथ्य बुझेर कारबाही गर्नुपर्नेमा आइजिपीको सचिवालय नै मौन बसेको देखिन्छ। समाचारमा सत्यता नभए त्यसमाथिको कानुनी उपचारको बाटो पनि नखोज्ने र कारबाहीको प्रक्रिया पनि नथाल्ने नीतिमा प्रहरी हेडक्वार्टर रहेको झैं देखिन्छ। जबकि नेपाली सेनाको जवान भर्नामा अनियमितता भएको सूचना लिक हुँदा १९ अधिकृत १ सय ७३ जना कारबाहीमा परेका थिए। मापदण्डविपरीत भर्ना भएका १ सय १ जनालाई बर्खास्तसमेत गरिएको थियो। तर, यता अवकाश भएको ६ वर्षसम्म पनि सेवामा कार्यरत रहेको समाचार बाहिरिँदा प्रहरी हेडक्वार्टर कानमा तेल हालेर बसेको छ। जसका कारण प्रहरी संगठनले बदमानमीको अर्को 'फुली' थपेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्