विराटनगर– इटहरीकाे एक फ्याक्ट्रिमा आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ।
स्थानीय भानु अग्रवालले सञ्चालन गरेको लक्ष्मी फर्म एण्ड लुप म्याट इन्डस्ट्रिजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आगलागीबाट ४ करोड ८७ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ।
आगलागीबाट फ्याक्ट्रीमा भएको तयारी समान, ५ टन कपडा तथा मेसिन स्कुडर, ग्लान्डर, चिलर लगायतका समान जलेर नष्ट भएको छ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीको कारण भने खुल्खुन सकेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।