विराटनगर– ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटामा एक जनालाई पक्राउ गरेको छ।
चौबिसे गाउँपालिका ५ का ४१ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङले मंसिर २४ गते बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पीडितकी आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
तामाङको विषयमा थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।