काठमाडौं– ‘क्यु पे’ प्रालिले ‘युनियन पे इन्टरनेसनल’ सँगको सहकार्यमा नेपालमा मोबाइल सेवामा सहकार्य गर्ने भएको छ। काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनबीच यस्तो सहकार्य गर्ने घोषणा गरिएको हो।
उक्त सेवाले ‘क्यु पे’ को ‘क्युआर’ डाउनलोड गरेका व्यक्तिहरूलाई यसले डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने छ। ‘क्यु पे’ मोबाइल वालेट सुविधा हो। ‘युनियन पे’ चिनीयाँ बहुराष्ट्रिय कम्पनी हो। यसले चीनबाहिर विश्वभरिका दुई हजार कम्पनीहरूसँग सहकार्य गरिरहेको छ।
यसले सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। यो विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तान सेवा प्रदान गर्ने कम्पनी पनि हो। उक्त सेवा अन्तर्गत सिनेमा, रेष्टुराँ, सपिङ सेन्टर, सवारी साधन लगायतका उपभोग्य सेवाको भुक्तान गर्न ‘क्युआर’ स्क्यान गर्नुपर्छ।
‘क्युआर’ का लागि ‘क्यु पे’ को एप्लिकेसन डाउनलोड गर्नुपर्छ। ‘युनियन पे’ को कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूलाई ‘क्युपे’को माध्यमबाट भुक्तान गर्न सहज हुनेछ। नेपालमा ‘क्यु पे’ ले ‘युनियन पे’सँग सहकार्य गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।