काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले लगानीकर्तालाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ।
बैंक सञ्चाचालक समितिको मंगलबारको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई ३ दशमलव ६२८ प्रतिशत बोनस सेयर र १ दशमलब ६३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले ८ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजीबाट २९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस सेयर र १३ करोड १३ लाख रुपैयाँ बराबरको नगद लभांश दिन लागेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।