गौशाला– महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ।
चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए।
घटनाबारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।