काठमाडाैं– प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्काे बैठक अाज बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चलिरहेकाे छ।
हिजो तय भएको बैठक बस्दै नबसी पुस ५ गतेका लागि सरेको थियो।
सर्वोच्चका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नुपर्नेछ।
यसअघि बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले जोशी र राणाको नाम पठाएको हो।
जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।