विराटनगर– झापामा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।
पश्चिम जाँदै गरेको एचआर–२७–जे–०६२५ नम्बरको भारतीय नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को३३प ७९४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का २९ वर्षीय हेमचन्द्र गिरी र पछाडि बसेका उनका बुवा ६५ वर्षीय धनप्रसाद गिरी गम्भीर घाइते भएका थिए।
उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएका दुवैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
ट्रक र चालक भारतको राजस्थान अल्भोरका ६५ वर्षीय सरिफ खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।