काठमाडाैं- काठमाडौंमा विद्युतीय सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने भएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी पुस ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो।
‘निक इलेक्ट्रो टेक २०१८’ नाम दिइएको सो प्रदर्शनी विद्युत र विद्युतीय सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए। ४ दिनसम्म चल्ने प्रदर्शनीमा विदेशीसहित ७७ वटा स्टल रहनेछन्।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, इलेक्ट्रोनिक उपकरण, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रलगायतका सामग्रीहरु राखिनेछ।
प्रदर्शनी १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।