काठमाडौं- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा निलम्बनमा परेका सई बालकृष्ण सञ्जेलको निलम्बन फुकुवा भएको छ।
उच्च अदालत विराटनगरको आदेशअनुसार साधरण तारेखमा रिहा भएका सई सञ्जेलको मंगलबार निलम्बन फुकुवा भएको हो।
सई सञ्जेलसहित महानगरीय प्रहरी अपराध महाशखाका एसएसपी दिवेश लोहनी र प्रजित केसी सुन तस्करीका साथै सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए।
यसअघि नै एसएसपी लोहनी र प्रजित केसी साधारण तारेखमा रिहा भएपछि उनीहरुको निलम्बन फुकुवा भइसकेको छ।
उनीहरु काममा फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।