काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुदामा हजराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सुदा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए। अख्तियारले पक्राउ परेको रकमलाई बिगो कायम गर्दै सोही बराबर जरिवाना र कैद सजाय माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पान मसालाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गरेको सूचनाका आधारमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।