काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षण गरेर फर्किसकेको जानकारी दिइन्।
‘त्यस्तो कुनै समस्या छैन,’ उनले भनिन्, ‘नियमित जाँचका लागि आउनु भएको हो। जाँच गरेर फर्किसक्नु भएको छ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको बताइन्।
अघिल्लो महिना स्वास्थ्यमा समस्या आएपछि उनी ५ दिन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका थिए।
५ दिनको उपचारपछि उनी 'डिस्चार्ज' भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।