काठमाडाैं– सुनचाँदीकाे काराेबारमा घाटा लागेपछि विराटनगरमा रहेकाे 'ॐ लक्ष्मी ज्वेलर्स'का व्यापारी परिवारसहित वेपत्ता भएका छन्।
सन्तोष बेगवानी नामका सुनचाँदी व्यापारीले करिब ४० कराेड रुपैयाँ चुना लगाएर भागेकाे प्रहरीले जनाएकाे छ।
जेठा छोरा प्रदीप फाट्काका कारण उनकाे व्यवसाय धरापमा पर्दै गएकाे थियाे।
त्यसैगरी उनीसँग ठूलाे परिमाणमा रहेकाे चाँदीकाे मूल्य घटेपछि ठूलाे घाटा व्यहाेर्नु परेकाे थियाे।
उनी अाइतबारदेखि पसल बन्द गरी वेपत्ता भएका हुन्।
व्यवसायमा लागेको घाटाकै कारण उनले रङ्गेली रोडमा रहेको घरघडेरी बिक्री गर्नुपरेको थियो।
वेपत्ता सन्ताेषलाई खाेज्न प्रहरीले अनुस्धान जारी राखेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।