जनकपुरधाम– प्रदेश २ सरकारले मंसिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो। प्रदेश २ सरकारले विवाहपञ्चमी महोत्सवलाई भव्यतापूर्वक मनाउन भन्दै सार्वजनिक बिदा दिएको हो।
त्रेता युगमा रामसीताको विवाह भएको सम्झनामा जनकपुरमा विवाह पञ्चमी मनाइँदै आएको छ। यस वर्ष एक हप्ते विवाह महोत्सव मनाउन लागिएको हो।
यस वर्षको विवाहमा भारतको उत्तरी राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तिका रुपमा बुधबार जनकपुरधाम आउने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।