जनकपुर– महोत्तरीको सम्सी गाउँपालिकामा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सम्सी गाउँपालिका–६ बस्ने इनतुला साफीका २ वर्षीय छोरा साहिल साफी रहेका छन्।
प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आइतबार घर अगाडि खेलिरहेका बालक साफीलाई ज१त ७११२ नम्बरको ट्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए। बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको कार्कीले बताए।
मृतक बालकको शव ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।