काठमाडौं– लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारण सभाको उद्घाटन संघीय संसदको सभामुख कृष्णबहादुर महराले गरेका हुन्।
उनले देशको आर्थिक विकासका लागि सहकारीले गरेको योगदानको बारे चर्चा गरे।
देशभर ३५ हजारभन्दा बढी सहकारी दर्ता भएका छन्। तर करीव २८ हजारमात्र क्रियाशील छन्।
कूल वित्तीय कारोबारको करिब २५ प्रतिशत करोबार सहकारीमार्फत हुने अनुमान गरिएको छ।
दुई लाखभन्दा बढी व्यक्तिले सहकारी क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी समेत दिएको संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।