लामो समयपछि बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान फिल्ममा कसाथ देखिने भएका छन्। सुजय घोषद्वारा निर्देशित थ्रिलर फिल्म 'बदला' मा उनीहरु सँगै अभिनय गर्न थालेका हुन्।
उक्त फिल्ममा तापसी पन्नुले नायिकाको भूमिका निर्वाह गर्नेछिन्। शाहरुखले तापसीको श्रीमानको भूमिका निर्वाह गर्ने बताइएको छ।
फिल्ममा अमिताभले पुलिस अधिकारीको भूमिका निर्वाह गर्दैछन् भने नायिका तापसी एक कारोबारी महिलाको भूमिकामा देखिनेछन्।
उक्त फिल्म स्पेनिस फिल्म 'कन्ट्राटेम्पो' को अफिसियल हिन्दी भर्सन हो। शाहरुखको फिल्म 'जिरो' रिलिज भएपछि बदलाको सुटिङ सुरु हुने बताइएको छ।
अमिताभ बच्चन र शाहरुख खान योभन्दा अघि पनि केही फिल्ममा एकसाथ देखिएका थिए। करण जौहरको फिल्म 'कभी खुसी कभी गम' मा अमिताभ र शाहरुखले बाबु–छोराको भूमिका निर्वाह गरेका थिए। सो भूमिकालाई धेरै दर्शकले रुचाएका थिए। –एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।