• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

६ वर्षदेखि रोक्का जग्गा फुकुवा गर्न रसुवावासीको माग

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १९:३५
1140x725

रसुवा– पासाङल्हामु राजमार्ग दायाँ–बायाँ रोक्का भएको जग्गा फुकुवा गर्न रसुवाका नागरिकहरुले माग गरेका छन्। संवाद समूह रसुवाले आइतबार सदरमुकाम धुन्चेमा आयोजना गरेको पासाङल्हामु राजमार्गका कारण आएका समस्या बारेको छलफलको क्रममा सडक क्षेत्रका नागरिकहरुले रोक्का भएको जग्गा फुकुवा गर्न माग गरेका हुन्।

सडकको मापदण्डका कारण आफूहरु समस्यामा परेको पीडित भरत आचार्यले गुनासो गरे। उनले भने, ‘सडकको मापदण्डको कारण नक्सा बनाउन सकेका छैनौं, सडकको केन्द्रबाट १५/१५ मिटर छोड्नुपर्ने सुनेको थिएँ, अहिले होइन भन्छन्, यो विषयमा प्रष्ट भन्नुपर्यो।’

उनले ‘सडकबाट कति मिटर जग्गा छोड्नुपर्ने हो?’ भन्दै जिज्ञासा राखे। उनले भने, ‘जग्गाको कारोबार नहुने भनेर रोक्का गरेको धेरै वर्ष भयो, बैकमा धितो राखेर ऋण खोज्दा पाइँदैन, जग्गा हुनेले त छोड्लान्, हामी जस्तो जग्गा नहुनेले के गर्ने? सडकलाई दिँदैमा ठिक्क हुन्छ।’

त्यस्तै सडकको दायाँ–बायाँको जग्गा फुकुवा नहुँदा किनबेच गर्न र अंशवण्डा गर्न  समस्या भएको अर्का पीडित राजेन्द्र ढकालले गुनासो गरे। ‘घर निर्माण गर्न बैकबाट ऋण पनि लिन पाएका छैनौं, अंशवण्डा गर्नसमेत अप्ठेरो भएको छ।’, ढकालले भने।

आफूहरु विकास निर्माणको बाधक नभएको बताउदै उनले लामो समयदेखि सास्ती खेपिरहेको हुँदा समस्याको समाधान गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने माग गरे।

जग्गाको कित्ताकाट गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मागको सम्बोधन हुन नसकेको जिल्लाको सडक क्षेत्रका पीडित नागरिकहरुले बताएका छन्। पीडितले तत्काल लगतकट्टा गर्नुपर्ने, जग्गाको नक्साङ्कन गर्नुपर्ने, रोक्का भएको जग्गाको फुकुवा हुनुपर्नेलगायतका माग राखेका छन्। माग पुरा नभए आन्दोलनमा उत्रनेसमेत पीडितहरुले बताएका छन्।

पासाङल्हामु राजमार्ग निर्माण भएको ३३ वर्ष भयो। तर, अहिलेसम्म नापीको नक्सामा सडकको रेखाङ्कन हुन सकेको छैन। नेपाली सेनाले २०४२ मा त्रिशुली–सोम्दाङ सडक नामले निर्माण गरेको यस खण्डलाई हाल पासाङल्हामु राजमार्गका नामले चिनिन्छ। राजमार्गले ओेगटेको भूभागको स्वामित्व स्थानीयका नामबाट लगत कट्टा गरी सडकका नाममा कायम गर्ने कार्य हुन नसक्दा स्थानीयहरु जग्गाको तिरो तिर्न बाध्य भएका छन्।

सडक कार्यालयका अनुसार नुवाकोटको त्रिशुली, ढुङ्गेदेखि धुन्चे–स्याफ्रुबेंसी हुँदै सोम्दाङसम्म नै सडक कार्यालयको नाममा जमीनको स्वामित्व कायम भएको छैन। सडकको मापदण्डभित्र परेका जग्गाको लगत कट्टा हुन नसक्दा सडकले छोएका जग्गाका करिब ६ सय घरधुरीले करिब ६ वर्षदेखि नै भोगचलन तथा कारोबार गर्न पाएका छैनन्।

Ncell 2
Ncell 2

राजमार्गले छोएका जग्गाको स्वामित्व अदलबदल नगर्न भूमिसुधार मन्त्रालयको २०६९ असारको निर्देशनपछि सडकले छोएका जग्गा रजिष्टे«सन पास गर्न मालपोत कार्यालय रसुवाले रोक लगाएको हो।

सडकको मापदण्डको बारेमा जानकारी नहुँदा सडक क्षेत्रका स्थानीयबासी, नापी कार्यालय, मालपोत र बैँकहरू समेत अन्योलमा रहेको देखिन्छ। डिभिजन सडक कार्यालय रसुवाले समयमै निर्णय गर्न नसक्दा स्थानीय तहले करसमेत उठाउन पाएका छैनन्।

जग्गाको मूल्याङ्कन गर्नका लागि सडक बाधक बनेको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपाने बताए। ‘म जनप्रतिनिधि नबन्दै जग्गा फुकुवाको माग गर्दै आएका थियौं, तर, अहिलेसम्म समस्या समाधान भएको छैन,’ न्यौपानेले आक्रोश पोखे, ‘सडक बाधक बन्न त मिल्दैन नि।’ कतिपय स्थानीयले जग्गा अभावले गर्दा भूकम्पले भत्किएका घरसमेत बनाउन नपाएको उनले गुनासो गरे।

त्रिशुलीदेखि सोमदाङसम्मको १ सय ५ किलोमिटर सडक ‘ग’ वर्गको भएको कारण यसको केन्द्रबाट १०/१० मिटर छोडे पुग्ने डिभिजन सडक कार्यालय नुवाकोटका सब इन्जिनियर सरोज कडरियाले बताए। ‘पासाङ ल्हामु सडक राजमार्ग होइन, यो जिल्ला स्तरीय सडक हो, यसमा सबै प्रष्ट हुन जरुरी छ,’ सडकको दायाँबायाँ छोड्नुपर्ने जग्गाको क्षेत्रफलको बारेमा उनले भने, ‘नियमानुसार १० मिटर छोडेर कारोबार गर्न सकिन्छ।’

लामो समयदेखि पीडितले सडकको मापदण्डको बारेमा बुझेका थिएनन्। तर, सडक बनेको ३३ वर्षपछि मात्रै संवाद समूह रसुवामार्फत पीडितहरुले सडकको दाँया–बाँया छोड्नपर्ने जग्गाको बारेमा बुझ्ने अवसर पाएका छन्।

आइतबार बसेको जिल्लाका सरोकारवालासँगको बैठकले आगामी पुष ४ गते सबै सरोकारवाला निकायको संयुक्त बैठक बसी पीडितहरुको समस्या समाधानका लागि आवश्यक निर्णय गरिने जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्