एजेन्सी– बलिउड स्टार सेफ अली खानकी छोरी सारा अली खान र सुशांतसिंह राजपुत अभिनित फिल्म केदारनाथले प्रदर्शनको सुरुवातमा औसत व्यापार गरेको छ। फिल्म प्रदर्शनको पहिलो दिन उक्त फिल्मले ७ दशमलव २५ करोड रुपैयाँ कलेक्सन गरेको छ। यस्तै दाेस्राे दिनकाे कलेक्सन ९ दशमलव ७५ कराेड रहेकाे बक्स अफिसले जनाएकाे छ।
रिलिज हुनुभन्दा पहिला नै सारालाई चर्चामा ल्याएर फिल्मको प्रचार गरिएको र सुशांतको स्टारडमका कारण फिल्मलाई केही फाइदा समीक्षकहरुले बताएका छन्।
फिल्म केदारनाथबारे बलिउडमा मिश्रित प्रतिक्रिया आइरहेको छ। धेरैजसो फिल्म समीक्षकले यो फिल्मलाई राम्रो मानेका छैनन्। तै पनि पहिलो दिन फिल्मले राम्रै व्यापार गरेको छ।
फिल्मले सिंगल स्क्रिनको तुलनामा मल्टिप्लेक्समा राम्रो कलेक्सन गरेको बताइएको छ। फिल्ममा सारा अली खानको अभिनयलाई सराहना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।