मुम्बई (एजेन्सी)- दीपावलीको अवसरमा रिलिज गर्न लागिएको आमिर खानको फिल्म 'सेक्रेट सुपरस्टार' बारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।
आमिर र जायरा वसिम अभिनीत फिल्म हेरेपछि फिल्मकर्मी विधु विनोद चोपडाले भनेका छन्, 'म कश्मीरको हुँ, जायरा पनि कश्मीरकै हुन् र उनले फिल्ममा गजब काम गरेकी छन्।'
सेक्रेट सुपरस्टारको विशेष स्क्रिनिङमा पुगेका चोपडाले यो फिल्म कश्मिरका मानिसले पनि हेर्नुपर्ने बताएका छन्, जसले त्यस क्षेत्रमा कति राम्रो प्रतिभा लुकेको रहेछ भनेर मानिसहरुलाई थाहा हुनेछ । उनले आमा र छोरीबीच फिल्ममा देखाइएको सम्बन्ध यसअघि कहिल्यै नदेखिएको समेत बताए।

फिल्म क्षेत्रका व्यक्तित्वहरुका लागि आयोजना गरिएको विशेष स्क्रिनिङमा आमिर खान, रणवीर कपुर, राकेश ओमप्रकाश मेहरा, आशुतोष गवारिकर, जोया अख्तर, शंकर महादेवन, गौरी खान, कुणाल कोहली, सिद्धार्थ रोय कपूर, ज्याकलिन फर्नाडिस, शरमन जोशी, अक्षय खन्ना लगायत उपस्थित थिए।
यसैबीच आमिरले मानिसहरुले यो फिल्म करिअरको अहिलेसम्मकै सबैभन्दा राम्रो फिल्म भएको आफूलाई बताएको उल्लेख गरेका छन्।
अद्वैत चन्दनले निर्देशन गरेको फिल्म शुक्रबार रिलिज हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।